भेग च्हाक्ली तमु
बैज्ञानिकहरुले पुष्टि गरे अनुसार सूर्यबाट उछिट्टिएर आएको टुक्राबाट बनेको पृथ्वी करिब पैँचालि करोड चालिस लाख बर्ष पूरानो हो भनेकाछन् भने करिब सत्ताईसदेखि पैँतिस करोड बर्ष अगाडि पृथ्वीमा शुक्ष्म जीव प्रकट भएको हुनसक्ने कुरा विभिन्न अनुसन्धानले देखाएको छ । त्यसपछि माछाबाट मानव विकास भएको हो भन्ने तथ्य विकास–क्रम सम्बन्धि ज्ञाताहरु (Evolutionists) ले प्रस्तुत गरेकाछन् भने करिब दुई लाख बर्ष अगाडि मध्य प्राचिनकालमा दक्षिण अफ्रिकाबाट मानव विकास भएको बताएकाछन् । र, करिब चालिस हजार बर्ष अगाडिमात्र अफ्रिकाबाट बसाँई सरी अन्यत्र (युरोप तथा एशिया महादिप) गएको बताइएकोछ भने अमेरिका पुगेको करिब चौध हजार पाँच सय बर्षमात्र भएको तथ्य युनिभर्स टुडेका प्रकाशक फ्रेसर काइनले लेखेकाछन् । यसैगरी ईथोपियाको मध्य वस्ति (Middle Awash) तिर भेटिएको सबैभन्दा पूरानो मानव उपनिवेश करिब एक लाख साठी हजार बर्ष पूरानो भएको पुष्टि गरेकाछन् ।
बैज्ञानिकहरुले पुष्टि गरे अनुसार सूर्यबाट उछिट्टिएर आएको टुक्राबाट बनेको पृथ्वी करिब पैँचालि करोड चालिस लाख बर्ष पूरानो हो भनेकाछन् भने करिब सत्ताईसदेखि पैँतिस करोड बर्ष अगाडि पृथ्वीमा शुक्ष्म जीव प्रकट भएको हुनसक्ने कुरा विभिन्न अनुसन्धानले देखाएको छ । त्यसपछि माछाबाट मानव विकास भएको हो भन्ने तथ्य विकास–क्रम सम्बन्धि ज्ञाताहरु (Evolutionists) ले प्रस्तुत गरेकाछन् भने करिब दुई लाख बर्ष अगाडि मध्य प्राचिनकालमा दक्षिण अफ्रिकाबाट मानव विकास भएको बताएकाछन् । र, करिब चालिस हजार बर्ष अगाडिमात्र अफ्रिकाबाट बसाँई सरी अन्यत्र (युरोप तथा एशिया महादिप) गएको बताइएकोछ भने अमेरिका पुगेको करिब चौध हजार पाँच सय बर्षमात्र भएको तथ्य युनिभर्स टुडेका प्रकाशक फ्रेसर काइनले लेखेकाछन् । यसैगरी ईथोपियाको मध्य वस्ति (Middle Awash) तिर भेटिएको सबैभन्दा पूरानो मानव उपनिवेश करिब एक लाख साठी हजार बर्ष पूरानो भएको पुष्टि गरेकाछन् ।
यसरी पृथ्वीमा जीव उत्पत्ती तथा
विकासक्रमसँगै भएको मानव उत्पत्ती र विकासपछिको मानव सभ्यता र मानव
सभ्यतापछि मानव जाति तथा पृथ्वीमा भएका सबै सजिव प्राणीको मार्गदर्शन तथा
नैतिक दर्शनको रुपमा धर्मको विकास भएको हुनु पर्दछ । धर्म आफै शिद्ध भने
होईन, धर्म सिद्ध हुनको लागि संस्कार तथा कर्मको आवश्यता पर्दछ, धर्म
भनेको सिद्धान्त हो भने संस्कार तथा कर्म भनेको पद्धति, प्रक्रिया तथा
कार्य हो । वर्तमान अवस्थासम्म आईपुग्दा विभिन्न देश तथा समुदायमा गरी
करिब पन्ध्र–बीसवटा धर्महरुको प्रतिपादन भइसकेकोछ भने चर्चामा रहेका
अर्थात विकसित धर्मको रुपमा क्रिस्चियन, हिन्दु, बुद्ध र मुस्लिम आदिलाई
लिन सकिन्छ । यी धर्महरु विकसित र चर्चामा हुनुकै कारण अहिलेको यो
एक्काइसौँ शताब्दिका हामी मानवहरुले यती नै धर्महरुको बारेमा अलि धेरै
बुझेकाछौं भने अन्य अविकसित तथा ओझेलमा परेका धर्महरुको बारेमा निश्चित
समुदाय तथा केही व्यक्तिहरु बाहेक कमैलेमात्र बुझेकाछन् । यही सन्दर्भमा
ओझेलमा परेको अविसित धर्मको रुपमा रहेको वोँन धर्मको बारेमा केही जानकारी
गराउने हेतुले मैले यहाँ केही चर्चा गर्ने जमर्को गरेकोछु ।
नेपालको प्रारम्भिक कालदेखि नै तमु
जातिको धर्ममाथी विभिन्न प्रहार तथा अतिक्रमण हुदै आएको ज्वालन्त ऐतिहासिक
उदाहरणहरु हाम्रो सामु स्पष्ट छ । वोँन धर्मलाई प्राचिन कालदेखि नै मान्दै
आएको भएता पनि तमु जातिमाथी हिन्दु धर्म लाद्नको लागि नेपालको तत्कालिन
हिन्दु साशक वर्गले जवर्जस्ति हिन्दु धर्म मान्न लगाइएको ज्वालन्त प्रमाण
सहितको ईतिहास सबैलाई अवगत नै छ । यसरि हिन्दुकरण गरिनुको कारण अहिले तमु
समुदायमा नै नौलो जस्तो हुन पुगेकोछ, यो वोँन धर्म । यसरी विभिन्न धर्म,
संस्कार, सँस्कृतिबाट पेलिदै आएको तमु जाति र यस जातिको पैत्रिक कुल–धर्म
वोँन लोपोन्मुख अवस्थामा हाल संरक्षण, सम्बर्धन तथा पर्वतनको प्रतिक्षा
गरिरहेकोछ । २०४७ सालको जनआन्दोलन पश्चात स्वदेश तथा विदेशमा स्थापित तमु
संघ–सँस्थाहरुको “प्ये म्हस्याँ छ्या म्हमु, छ्या म्हस्याँ ल्हु म्हमु,
ल्हु म्हस्या म्हि म्हमु ” अर्थात “शास्त्र हराए सँस्कृति हराउछ, सँस्कृति
हराए परम्परा हराउछ, परम्परा हराए मान्छे हराउछ ।” भन्ने चर्को नाराप्रति
संरक्षणको दृढ अपेक्षा राखेको वोँन धर्ममा अहिले आशाको मुना पलाएकोछ भन्ने
मलाई महशुष भएकोछ । जति नै कठिन परिस्थिति आईपर्दा पनि आफ्नो मौलिकता
नभुलेका तमु समुदायमा खुल्ला तथा स्वतन्त्र रुपमा आफ्नो धर्म–कर्म,
संस्कार–सँस्कृति अनुसार आफ्नो जातिय रितिस्थिति चलाउन र मौलिक पहिचान
सहितको आफ्नो जातिय चाडपर्व तथा पूजाआजाहरु गर्न/गराउन बन्देज लगाई
जवर्जस्ति हिन्दु धर्म लादिनुको कारण अहिलेको अवस्थामा तमुहरु धार्मिक र
सामाजिक विचलनको मारमा परेकोछ । जुन कुरा गत बर्षमा भएको जनगणनामा धर्मको
स्तम्भमा आफ्नो पैत्रिक धर्म वोँन लेख्नु पर्छ भनि तमु प्ये ल्हु संघले
गरेको अपिलप्रति तमु (गुरुङ्ग)हरुबाट नै आएको “वोँन भनेको के हो?” “वोँन
धर्म हो र?” भन्ने प्रश्नहरुले छर्लङ्ग पारेकोछ । यी प्रश्नहरु नै
वास्तवमा तत्कालिन हिन्दु शासक वर्गले गरेको चरम अन्याय र अत्याचारको
चपेटामा परेका निरिह एवं शोषित तम समुदायको मौन पिडा हो ।
यहि बिडम्बनाकै दुःखद नतिजा हो भन्दा पनि
फरक पर्दैन कि, तमु समुदायमा विधमान मौलिक संस्कार तथा परम्पराहरु–
जस्तैः जन्म, छेवर गर्ने, गुन्योचोलो दिने, बिवाह, मृत कार्य तथा
पितृकार्य(अर्घौं) आदी प्राचिनकालदेखि निरन्तर रुपमा गर्दै आएको भएतापनि
यी संस्कार तथा परम्परा कुन धर्म वा सँस्कृति अन्तर्गत पर्ने संस्कार तथा
परम्परा हुन् भनि कतिपय तमु(गुरुङ्ग)लाई सोध्यौं भने त्यहाँ अनविज्ञता तथा
अन्यौलता भेटिन्छ, तर यी संस्कार तथा परम्पराहरु सम्पन्न गर्ने÷गराउने
प्रक्रियाहरुको बारेमा सोध्यौं भने वहाँहरुले पूरै क्रमागत रुपमा
बेलीबिस्तार लगाउन सक्नुहुन्छ किनभने यसमा वहाँहरुको विश्वास र अनुभव छ ।
यस्तै–यस्तै मिश्रित परिवेशमा वोँन संस्कार गर्दै हिन्दु वातावरणमा
हुर्किएको हुँदा विचलित प्रतिक्रियाहरु उब्जिएको हो । यस्तैगरि वायो पूजा,
फैलु पूजा, खेमाँ पूजा, सिल्दो–नाल्दो पूजा, गाउँ पूजा(ट्हो त्हेँ)
सिमेभूमे पूजा, ह्योँखु त्हेँ(सह बटुल्ने यज्ञ), छ्योप त्हेँ ,न्होँत्हेँ,
क्होइडुलुमरा, योप्रिँ त्हेँ, पार्क त्हेँ फुँसुँ त्हेँ, थाँसो फाल्ने
यज्ञ, मि त्हेँ, ईत्यादि सयौं त्हेँ(यज्ञ) हरु तमु गाउँवस्तिहरुमा
प्रायजसो घर–घरमा बर्षैपिच्छे गरिने वोँन धर्म संस्कार अनुसारका पूजाहरु
हुन् । त्यसैले यी माथी उल्लेखित सबै किसिमका संस्कार, परम्परा तथा
पूजाहरु वोँन धर्म अन्तर्गतका हुन् भन्ने कुरा सबै तमुहरुले बुझ्नु आवश्यक
छ । हामी तमुहरु अहिले आफ्नो सबै संस्कार तथा परम्पराहरु थाहा भइकन पनि
दोधार, दुविधा र अस्थिरतामा छौं । तसर्थ हामी स्पष्ट हुनु जरुरी छ की
हामी तमु जाति तथा समुदायले गर्ने यी माथी उल्लेखित सबै पूजाआजा, परम्पारा
तथा संस्कारहरु प्रकृतिपरक हुन् जसमा प्राकृतिक श्रोत तथा वस्तुहरुलाई
देवताको रुपमा पूजा गरिन्छ ।
वोँन धर्म तमु जाति अर्थात समुदायमा
विधमान पैत्रिक कुलधर्म हो, जुन धर्ममा तमु जातिले प्राचिनकालदेखि नै
विश्वास राखी अनुशरण गर्दै आइरहेकोछ । वोँन धर्म विश्वको पूरानो धर्म
अन्तर्गत पर्ने एक प्राचिन धर्म हो जसमा मानव निर्मित दर्शनभन्दा प्रकृति
तथा प्राकृतिक शक्तिमाथी बढी विश्वास राख्दछ भने यस धर्ममा अन्य केही
धर्महरुमा जस्तो मानव निर्मित मूर्ति तथा फोटो पूजा गर्ने प्रचलन छैन
अर्थात मानवरुपि भगवानमा विश्वास राख्दैन । अझ भन्ने हो भने वोँन धर्ममा
भगवान (God) हुदैन, देवता (Deities) हुन्छ । त्यसैले वोँन धर्मलाई No God
Religion (भवगान नभएको धर्म) पनि भन्दछ । शब्दगत अर्थ लगाउने हो भने पनि
देवता र भगवानमा फरक पाउन सकिन्छ । तमु जातिले वोँन धर्म अनुसार प्राकृतिक
श्रोत अर्थात प्रकृतिलाई पूजा गर्दछन् र तीनै प्राकृतिक श्रोत नै देवताको
स्वरुप हो । वोँन धर्म अन्तर्गत खोलानाला, पोखरी, रुख, पहाड, डाँडाकाँडा,
भिरपखेरो, बन–जङ्गल, ठुल्ठुला चट्टान, घाम–जुन, तारा, आकाश, भूमि, देउराली
आदिलाई भोग–चलन गरी पूजा गर्दछन् । क्ल्हेसोँदी–प््रहेसोँदी,
आजीखे–आजीमाँ, सिल्दो–नाल्दो, सिमे–भूमे, खेकु–माँङी, खेथे–माँथे,
सग्र्याँ, ¥िहमरखे, छ्योप ¥हेबुरु, फैलु ¥हेबुरु, आदी प्राकृतिक वोँन
धर्म अन्तर्गतका देवताहरु हुन् । वोँन धर्म अनुसार संसार, जगतका सबै
प्राकृतिक वस्तु, सजिव तथा प्राणीहरु सबैको आत्म हुन्छ भन्ने विश्वास
राख्दछन् ।
वोँनको शब्दगत अर्थ लगाउनुभन्दा पनि
वोँनले जनाउने संकेतको आधारमा परिभाषित गर्न उत्तम ठान्दछु म, किन कि तमु
जातिले अवलम्वन गर्ने प्राकृतिक (प्रकृति पूजक) धर्मको संक्षिप्त (सारंश)
रुपमा प्रयोग गरिएको शब्द हो – “वोँन” । वोँन शब्दले प्रकृतिलाई जनाउछ
भने तमु भाषामा वोँ भनेको प्रकृति हो । प्रकृति अन्तर्गत बनस्पति,
बोटबिरुवा, खोलानाला, हावापानी, ढुंगामाटो, धातु, आगो, सौरमण्डल,
वायुमण्डल आदी जस्ता प्राकृतिक वस्तुहरु पर्दछन् भने तमु भाषामा क्होँ
भन्नाले डाँडाकाँडा, बनजंगल, पाखापखेरो तथा पहाडलाई बुझाउदछ । त्यसैले
वोँनको शब्दगत अर्थ प्रकृति हो भन्ने बुझ्नु पर्दछ भने क्होँ भन्नाले
प्रकृति रहने अर्थात प्रकट हुने भण्डार (खानी) भन्ने बुझ्नु पर्दछ । यही
वोँ र क्होँ शब्दको साङ्केतिक अर्थ समेटेर नै बोन धर्म अन्तर्गत आराधना
गरिने, पूजामाठ गरिने, दर्शन गरिने, प्रार्थना गरिने, धार्मिक अभ्यास
गरिने तथा धार्मिक कर्म गरिने पवित्र धार्मिक स्थल (मन्दिर) लाई क्होँइवोँ
भनिएकोछ भने बोन धर्म प्रवर्तक तथा पुरोहितहरु पच्यु, क्ल्हेप्री र वोन्पो
लम्लाई क्रमशः नम्वोँ, क्यारवोँ र ग्युरवोँ पनि भनिन्छ । यी पुरोहितहरुको
ज्ञान, अध्यात्मिक शाक्ति, विशेषता तथा धार्मिक कार्यशैलिको आधारमा वोँन
धर्म प्राचिन जीववाद, प्रकृतिवाद र झाँक्रीवादको समिश्रण भएको विकसित रुप
हो भन्ने बुझिन्छ ।
वोँन धर्मका पुरोहितहरु विशेषगरि तीन
प्रकारका हुन्छन्, जुन पच्यु, क्ल्हेप्री र वोन्पो लम् हुन् भने थप एक
अर्को पुरोहित (जसले ज्योतिषशास्त्र सम्बन्धि हेरकोर गर्ने काम गर्दछ) लाई
पैँडी भनिन्छ । पैँडीले अरु पुरोहितहरुले जस्तो धार्मिक क्रियाकलाप तथा
संस्कार र पूजाआजा गर्दैनन् । यी वोँन पुरोहितहरुले देववाणी(आकाशवाणी),
जगदिश्वरवाद, अद्धैतवाद तथा ज्योतिषवादमा विश्वास राख्दछन् र यसैको आधारमा
धार्मिक अनुष्ठान(आराधना) गर्दछन् भने पृथ्वीमा भएको सबै प्राकृतिक
वस्तु(तत्व)हरुको आत्म हुन्छ भन्ने विश्वासमा कुनैपनि यज्ञ गर्दा
पुरोहितहरुले आफ्नो वरिपरि भएको सबै प्राकृतिक चिजहरु(खोलानाला,
डाँडाकाँडा, पोखरी, तलाउ आदी)लाई पुकार्ने गर्दछन्, जहाँ हरेक चिजलाई
पुकार्दा धुप र अक्षेता चढाउने गर्दछ । धुप बाल्दा धुपको धुवाँले
आकाशद्धार (Sky Gate) खोलेर आफुले पुकार गरेको देवताहरुलाई यज्ञसम्म
ल्याउन सहयोग गर्ने विश्वास छ ।
विभिन्न कालखण्डमा भएका अतिक्रमण, दवाव र
प्रहारहरुको कारण तमु समुदायमा विधमान वोँन खेगी (पच्यु क्ल्हेप्री,
वोन्पो लम् तथा पैँडी)को शास्त्र (प्ये) लिखित रुपमा नभई मौखिक रुपमा
सुरक्षित रहेकोछ । यो मौखिक रुपमा रहनुको कारण धेरै पूरानो तथा लिपिबद्ध
नहुनुको कारण पनि हुन सक्दछ भन्ने विद्धानवर्गको ठम्माई छ । आखिर, जे होस्
प्येमा भएका तथ्यहरुलाई नियाल्ने हो भने आजको बैज्ञानिकहरुको तथ्यसँग मेल
खाने सत्यतथ्यहरु पाउन सकिन्छ भने तमु जातिको उत्पत्तिदेखि वर्तमान
अवस्थासम्मको सम्पूर्ण ऐतिहासिक पृष्ठभूमि तथा पहिचान अनि युगयुगान्तरका
सत्य घटनाहरुको दस्तावेजहरु पनि समावेश छन् जसलाई प्येताँ ल्हुताँ भनिन्छ
। प्येताँ ल्हुताँमा मानव निर्मित दर्शन तथा मानव निर्मित भगवान छैन भने
जीवनको सत्मार्गको ज्ञान, मोक्ष प्राप्तिका ज्ञान, जीवन दर्शनका ज्ञान
आदिको बारेमा उल्लेख गरिएको पाईन्छ । यद्यपी प्रचार प्रसार तथा विकासको
अभावमा वोँन धर्ममा भएको दर्शन, उपदेश, शिक्षा, ज्ञान तथा सन्देशलाई
जनमानमा फैलाउन नसकिरहेको अवस्था छ । अब यसलाई फैलाउनको लागि प्रयोगात्मक
तथा व्यावहारिक रुपमा उतार्दै नयाँ पिँढीलाई बुझाउने भावि सन्ततिहरुलाई
सकरात्मक सन्देश दिने जिम्मेवार हाम्रो काँधमा आएकोछ, यस विषयमा सबै
संघ–सँस्थाका नेतृत्ववर्ग, शिक्षितवर्ग तथा समाजका बद्धिजिविवर्गले पहिलो
प्राथमिकता दिएर लाग्नु पर्ने समय आएकोछ । सबै तमुहरु एकजुट भएर आफ्नो
मौलिक पहिचान, कुल–धर्म, संस्कार, सँस्कृति, परम्परा, भाषा, भेषभुषा लगायत
ऐतिहासिक सम्पदा तथा पैत्रिक थलोको संरक्षण, सम्बर्धन तथा पवर्तन गर्न
तर्फ सबै लाग्नु पर्ने नितान्त आवश्यक छ ।
- मल्याङ्गकोट – ४, स्याङ्गजा
(हालः युके )
(हालः युके )
Source: http://www.tamuhyula.com